play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

क्यालिफोर्निया फेस्टिबलमा गोलीबारी हुदा ३ को मृत्यु

0

साउन १३, अमेरिकाको क्यालिफोर्नियास्थित गिल्रोयमा आयोजित गार्लिक फेस्टिबलमा गोलीबारी हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ ।द न्युयोर्क टाइम्सले सहरका काउन्सिलम्यान डियोन ब्राकोलाई उद्धृत गर्दै घटनामा तीन जनाको मृत्यु भएको र कम्तिमा १२ जना घाइते भएको जनाएको हो ।प्रहरीले भने घटनामा मारिने र घाइतेको संख्या यकिन नभएको बताएको छ ।


क्रिस्मस हिल पार्कमा आयोजना हुने तीन दिने गिल्रोय गार्लिक फेस्टिबलमा स्थानीय समयअनुसार आइतबार साँझ गोलीबारी भएको थियो ।सामाजिक सञ्जालमा पोष्ट भएका भिडियोमा मानिसहरु त्रसित भएर भाग्दै गरेको देखाइएको छ ।यसबारेमा थप विवरण आउन बाँकी रहेको छ ।

Share.

Leave A Reply