play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नेपाली क्रिकेट टिम आज स्वदेश फर्कदै

0

साउन १३, सिंगापुरमा सम्पन्न आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्कदै छ । नेपाली राष्ट्रिय टोलीका टिम म्यानेजर रमण सिवाकोटीले नेपाली टिम राति स्वदेश फर्कने जनाएका छन् । नेपाली टिम आज राति १० : ३० बजे स्वदेश आईपुग्ने छ ।
प्रतियोगितामा नेपाल तेस्रो भएको थियो । आइतबार भएको निकै महत्वपूर्ण खेलमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको छ ।सिंगापुरसँग पराजित भएसँगै नेपालको अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्ने सपना सकिएको थियो । यस्तै नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको थियो । सिंगापुर भने फाइनलको विजेता बन्दै ग्लोबल छनोटमा पुगेको छ ।

Share.

Leave A Reply