play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

कमल थापा नेतृत्वको राप्रपाद्वारा एकताको आह्वान

0

साउन १३, कमल थापा नेतृत्वको राप्रपाले अर्काे पार्टी राप्रपा (संयुक्त)ले गरेको एकतासम्बन्धी निर्णयको स्वागत गर्दै अविलम्ब एकता प्रक्रियामा आउन राप्रपा (संयुक्त) र अन्य राष्ट्रवादी दलहरुलाई आह्वान गरेको छ ।आज बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई महसुस गर्दै अविलम्ब एकता प्रक्रियामा आउन राप्रपा (संयुक्त) र अन्य राष्ट्रवादी दलहरुलाई आह्वान गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

साताअघि बसेको राप्रपा (संयुक्त)को बैठकले राप्रपासँग एकता गर्नका लागि अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीलाई जिम्मेवारी प्रदान गरेको थियो । बैठकले २०७७ साल जेठमा केन्द्रीय महाधिवेशनको आयोजना निर्णय गरेको जानकारी दिँदै पाठकले माघ महिनाबाट स्थानीय तहदेखिका परिषद बैठकको आयोजना र महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन राप्रपाले पार्टीले सरकार समक्ष बुझाएको २२ बुँदे मागहरु पुरा गराउन पनि ध्यानाकर्षण गराएको छ। यस्तै श्रावण २४ र २५ गते केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, भाद्र महिनाभित्र सम्पूर्ण जिल्लाहरुमा जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, २०७७ आश्विन महिनाभित्र सम्पूर्ण गा.पा. र न.पा. हरुमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ।

Share.

Leave A Reply