play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

भियतनाममा १२५ किलो गैंडाको खाग बरामद

0

भियतनाममा १२५ किलो गैँडाको खाग बरामद गरिएको छ । संयुक्त अरब इमिरेट्स यूएईबाट एत्तिहाद एअरको कार्गो विमानमार्फत् भियतनाम ल्याइएको गैँडाको खाग राजधानी हनोईस्थित नोई बाई विमानस्थलमा बरामद गरिएको भियतनामी अधिकारीले जनाएका छन् ।

ती खाग सिमेन्टले प्लाष्टर गरेको अवस्थामा बरामद गरिएको त्यहाँको भन्सार निकायले जनाएको छ ।

हाल दक्षिणपूर्वी एशियाली मुलुकहरुमा गैँडाको खाग, हात्तिको दाँत, सालकको खपटा लगायतका वन्यजन्तुजन्य वस्तुहरु बरामद हुन थालेका छन् । केही दिनअघिमात्र भियतनाममै लाओसबाट लुकाएर ल्याइएको बाघको जमेको लाससँगै ३ जनालाई पक्राउ गरिएको थियो ।

सिङ्गापुरमा पनि गत साता भियतनामतर्फ लैजान लागिएको ८.८ टन अफ्रिकी हात्तिको दाँत बरामद गरिएको थियो ।

पूर्वी तथा दक्षिणपूर्वी एशियाली मुलुकमा यस्ता वस्तुको औषधीय गुण रहेको विश्वास गरिन्छ ।

भियतनाममा यस्ता वस्तुको कारोबार तथा प्रयोग अवैध रहेपनि पछिल्ला केही वर्षयता वन्यजन्तुका बहुमूल्य वस्तुको तस्करी बढ्दै गएको बताइन्छ ।

Share.

Leave A Reply