play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

नेकपाको सचिवालय बैठक बस्दै

0

साउन, १२ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । स्कूल विभागको नेतृत्वबारे विवाद हुँदा लगातार स्थगित हुँदै आएको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

बालुवाटारमा बस्ने भनिएको बैठकमा स्कूल विभागको नेतृत्व सम्बन्धी विवाद समाधान गर्ने प्रयास हुने बताइएको छ । तर नेताहरुबिच यसबारे अहिलेसम्म ठोस सहमति बन्न नसकेकाले सचिवालय बैठकले विवाद समाधान गर्ने सम्भावना न्यून रहेको पार्टीका एक नेताले बताएका छन् ।

विवाद नमिल्दा गएको मंगलबारका लागि बोलाइएको बैठक पनि स्थगित भएको थियो । त्यसअघि बिहीबारका लागि बैठक डाकिएको थियो र स्थगित गरिएको थियो । स्कूल विभागको नेतृत्वमा विशेष गरी ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबी रहेको छ ।

दुवै नेताले आफ्नो अडान नछोड्दा एकता प्रक्रियाले नै पूर्णता पाउन सकेको छैन । पूर्व एमालेका तर्फबाट पोखरेल र पूर्व माओवादीका तर्फबाट श्रेष्ठको दाबेदारी छ । एकता प्रक्रियाको अन्तिम चरणमा रहेको भनिए पनि स्कूल विभागको नेतृत्व विवादले नेकपालाई समस्यामा पारेको छ ।

Share.

Leave A Reply