चितवन,साउन,१२ ।
चितवनको इच्छाकामना गाउँपालिका–४ फिस्लिङस्थित पृथ्वी राजमार्गमा आज बिहान ट्रकको पछाडि बस ठक्कर खाँदा बसमा सवार एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा झापाको मेची–२ बस्ने २३ वर्षीय भानु तिमिल्सिना रहेका छन् । उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । रौतहटको गौरबाट भैँसी लिएर काठमाडौँतर्फ जाँदै गरेको ना ७ ख २५६१ नंको ट्रकलाई काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ४८१९ नंको बसले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटना बिहान पौनैं ५ बजे भएको हो । दुर्घटनामा परी घाइते भएकाहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । सबैको अवस्था मध्यम रहेको छ । ट्रक र बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन ।
चितवनको फिस्लिङमा भैँसी बोकेको ट्रकसँग बस ठोक्दिा, १ को मृत्यु, ५ घाइते
चितवनको फिस्लिङमा भैँसी बोकेको ट्रकसँग बस ठोक्दिा, १ को मृत्यु, ५ घाइते

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु