साउन, १२ ।
आईसीसी टी ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपाललाई घरेलु टोली सिंगापुरले जितका लागि १९२ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनायो । खराब सुरुवात गरेपनि रोहन रंगराजन र टिम डाभिडले सिंगापुरको इनिङ्स उकासेका थिए । मात्र १० रन जोड्दा पहिलो विकेट गुमाएको सिंगापुरका लागि रोहन र टिमले दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए । सिंगापुरको उच्च स्कोरमा टिमले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रोहनले ४९ रन जोड्दा मनप्रित सिंहले ४२ रन जोडे । नेपालका अविनास बोहराले ४ विकेट लिए । करण केसीले २ विकेट लिए । नेपालका बसन्त रेग्मी महंगा साबित भए । उनले ४ ओभरमा ५४ रन खर्चेर विकेट लिन सकेनन् । यस्तै सन्दीप लामिछानेले ३ ओभरमा ३४ रन खर्चिए । नेपाललाई आजको खेल निकै महत्वपूर्ण रहेको छ । विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाललाई जित्नै पर्ने बाध्यता छ । सिंगापुर पनि नेपाललाई हराएर ग्लोबल छनोटमा पुग्न चाहन्छ ।
ग्लोबल छनोटमा पुग्न सिंगापुरद्धारा नेपाललाई १९२ रनको लक्ष्य
ग्लोबल छनोटमा पुग्न सिंगापुरद्धारा नेपाललाई १९२ रनको लक्ष्य

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु