play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

आउँदो वर्ष सरकारी लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने अनुमान

0

साउन,११ ।
अर्थविद्हरूको संस्था इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिजले आउँदो वर्ष सरकारी लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने अनुमान गरेको छ । मुलुकको आर्थिक वृद्धि ६ प्रतिशतमा सीमित हुने अध्ययनले देखाएको हो । यद्यपि सरकारले चालु वर्ष ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको थियो । आईआईडीएसले सन् २०२० मा मुलुकको आर्थिक वृद्धिदर ६ दशमलव ०२ प्रतिशत हुने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक गरेको हो, जुन विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) र अन्तर्रा्ष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अनुमान गरेभन्दा पनि न्यून हो । यसअघि विश्व बैंकले सन् २०२० मा नेपालको आर्थिक वृद्धि ६.४ प्रतिशत हुने र एडीबी तथा आईएमएफले भने समान ६.३ प्रतिशत वृद्धिदर रहने प्रक्षेपण गरेका थिए । त्यस्तै, आईआईडीएसले मूल्यवृद्धि ४.७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । यता, सरकारले चालु आवको बजेटमा ८.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

Share.

Leave A Reply