play_circle_outline On Air

लोकभाका

play_circle_outline On Air

लोकभाका

भारत र पाकिस्तानलाई कश्मीर विवाद वार्ताबाट सुल्झ्याउन चीनको सुझाव

0

साउन, ११ ।
चीनले भारत र पाकिस्तानलाई कश्मीर विवाद वार्ताबाट सुल्झ्याउन आग्रह गरेको छ । द इकोनोमिक टाइम्सका अनुसार चीनले भारत र पाकिस्तानबिचको सम्बन्ध सुधार हुनु पर्ने र त्यसका लागि अमेरिकासहित अन्तर्रा्ष्ट्रिय समुदायले भूमिका निर्वाह गर्नु पर्ने बताए । दुई छिमेकी भारत र पाकिस्तानबिच शान्तिपूर्ण सम्बन्ध होस् भन्ने आफ्नो चाहना रहेको चीनको विदेश मन्त्रालयका अधिकारीले उल्लेख गरेका छन् । चीनको भनाईमा भारतको विदेश मन्त्रालयले कडा प्रतिक्रिया दिएको जनसत्ता पत्रिकामा खबर छ । कश्मीरसहितका सबै विषय भारत र पाकिस्तानबिचको द्विपक्षीय विषय रहेको विदेश मन्त्रालयले उल्लेख गरेको छ । केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको भेटमा कश्मीरको मुद्दा सल्ट्याउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई वार्ताका लागि मध्यस्थता गर्न प्रस्ताव गरेको बताएका थिए । भारतले त्यसको खण्डन गरेको थियो ।

Share.

Leave A Reply