play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

फिलिपिन्समा दुईवटा शक्तिशाली भूकम्प, कम्तिमा ८ जनाको मृत्यु

0

साउन, ११ ।

फिलिपिन्समा दुईवटा शक्तिशाली भूकम्प गएको छ । आज बिहानै फिलिपिन्सको बातानेस प्रान्त केन्द्रविन्दु भएर ५.४ र ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण कम्तिमा ८ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पका कारण झण्डै ६० जना घाइते भएका छन् । भूकम्प गएका बेला अधिकांश मानिस घरमै थिए । भूकम्प गए पनि सुनामीको चेतावनी भने दिइएको छैन । बिहानै भूकम्प गएकाले र मानिसहरु सुतिरहेकाले केहीको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएका छन् । भूकम्पका कारण धेरै घरहरु भत्किएका छन् ।

Share.

Leave A Reply