play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

सिरियामा हवाई आक्रमणमा एक सयभन्दा बढी गैरसैनिकको मृत्यु

0

साउन, ११ ।
सिरिया सरकारले पछिल्ला १० दिनमा गरेको आक्रमणमा एक सयभन्दा बढी गैरसैनिकको मृत्यु भएको छ । सरकारी सेनाले अस्पताल, विद्यालय, बजार र बेकरीमा गरेको आक्रमणमा ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हो । संयुक्त राष्ट्र संघकी मानवअधिकार प्रमुख मिचेल बचेलेटले सरकार र रुससहितका उसका साझेदारले गरेको कठोर हमलामा २६ बालबालिकासहित एक सयभन्दा बढीको मृत्यु भएको बताए । उनले गैरसैनिक स्थलमा भएका आक्रमणलाई दुर्घटना भन्न नमिल्ने बताउनुभयो । रुसले भने नागरिक बस्ने ठाउँमा आफूहरुले हवाई आक्रमण नगरेको जनाएको छ । राष्ट्रसंघकी मानव अधिकार प्रमुख मिचेल बचेलेटले स्पष्ट अन्तर्रा्ष्ट्रिय मतभिन्नतालाई त्यस्तो अवस्था सिर्जना हुनुको कारण भएको बताइन । उनले हवाई हमलामा सर्वसाधारण नागरिक पर्नु विश्वका शक्तिशाली राष्ट्रको नेतृत्वको असफलता भएको बताइन ।

Share.

Leave A Reply