play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

देशभरको मौसम आज आंशिकदेखि सामान्य बदली

0

साउन, ११ ।
देशभरको मौसम आज आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समभावना छ । हाल देशभर आंशिकदेखि सामान्य बदली भएको छ । थोरै स्थानमा वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर रहेकाले नेपालमा मनसुनी गतिविधि कम क्रियाशील छ ।

Share.

Leave A Reply