play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चितवनमा नदीमा डुबेर १ बालककको मृत्यू

0

चितवन, साउन १० गते । चितवनमा खोलामा डुबेर आज दिउँसो एक जना चेपाङ बालकको ज्यान गएको छ । पूर्वी िचतवनको कालिका नगरपालिका–१० घर भई कालिका–९ मा डेरा गरी बस्ने विकास चेपाङका ६ वर्षीय छोरा सन्देश चेपाङको खोलामा डुबेर ज्यान गएको चितवन प्रहरीले जनाएको छ । आमासंग कयर खोलामा लुगा धुन गएको बेलामा नुहाउने क्रममा सन्देशलाई खोलाले बगाएको थियो । उनको कालिका–८ मा शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । घटना बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।

Share.

Leave A Reply