play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

बीमा कम्पनीले सूचना अधिकारी राख्र्नु अनिवार्य

0

काठमाडौं–, साउन १० गते । राष्ट्रिय बीमा समितिले सबै बीमा कम्पनीहरुलाई सूचना प्रवाह गर्ने सूचना अधिकारी राख्न निर्देशन जारी गरेको छ । समितिले राष्ट्रिय सूचना आयोगको निर्देशनअनुसार सूचना अधिकारी राख्न निर्देशन दिएको हो ।

बीमा समितले बीमा कम्पनीले सूचना अधिकारी राखे नराखेको हेर्न एक जना सूचना अधिकारी नै नियुक्त गरेको छ ।

समितिले सूचना अधिकारीको रुपमा निर्मल अधिकारीलाई नियुक्त गरेको छ । अधिकारीले विमा संस्थाहरुले सूचना अधिकारी राखे नराखेको अनुगमन गर्ने समेत कार्य गर्ने छन् ।

केही बीमा कम्पनीहरुले मात्र सूचना अधिकारीको व्यवस्था गरेको भन्दै सवै कम्पनीमा सूचना अधिकारी राख्न समितिले आग्रह गरेको छ । सवै बीमा कम्पनीले सूचना अधिकारीको विवरण आफनो कम्पनीको वेभसाईटमा राख्न पनि समितिले निर्देशन जारी गरेको छ ।

सूचना अधिकारीको अभावमा सेवा ग्राही र सञ्चारमाध्यले सूचना पाउन झन्झट व्यहोरीरहेका थिए ।

Share.

Leave A Reply