कपिलवस्तु, साउन १० गते । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाकी उपमेयरले मेयर विरुद्ध मुद्दा दायर गरेकी छिन् । उपमेयर लक्ष्मीदेवी गुप्ताले मेयर किरण सिंहविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर गरेकी हुन् । उनले मेयर सिंहसहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्य र नगरसभालाई विपक्षी बनाएकी छिन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६७ मा बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक उपमेयर हुने व्यवस्थाविपरीत मेयरले मनपरी गरेको उपमेयर गुप्ताको आरोप छ ।
उपमेयरद्धारा मेयर विरुद्ध मुद्दा
0
Share.