play_circle_outline On Air

घरदुवार

play_circle_outline On Air

घरदुवार

ईच्छाकामनामा बस र ट्रक एक आपसमा ठक्कर खाँदा १७ घाईते

0

चितवन , साउन १० गते ।

पृथ्वि राजमार्ग अन्तरर्गत ईच्छाकामना गाउँपालिका गाउँपालिका वडा नम्बर ४ मा बस र ट्रक एक आपसमा ठक्कर खाँदा कम्तीमा १७ जना घाईते भएका छन् । चितवनबाट काठमाडौं तर्फ जादै गरेको ना ८ ख ६०५८ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको ना ६ ख २८९५ नम्बरको ट्रक एक आपसमा ठक्कर ठक्कर खाँदा १७ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी बसमा सवार करिब ३२ जना मध्य १७ जना घाइते भएका हुन् । घाइतेहरुलाई उपचारको लागि भरतपुर ल्याईएको छ । बस र ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने ट्रक चालक फरार छन । ट्रक चालकको खोजी भईरहेको छ । दुर्घटना पछी बाटो एक तर्फी रुपमा सन्चालनमा रहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply