play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

एएफसी फुटसल च्याम्पियनसिपमा नेपाल कठिन समूहमा

0

काठमाण्डौं, साउन ९ गते । एएफसी फुटसल च्याम्पियनसिप(२०२० छनोटमा नेपाल समूह ’ए’ मा परेको छ । एसियन फुटबल कन्फेडेरेसनले बिहिबार सार्वजनिक गरेको ’ड्र’ मा नेपाल कठिन समूह समूह ’ए’ मा परेको हो । सेन्ट्रल र साउथ जोनमा रहेको नेपालको समूहमा चार पटकको उपविजेता उज्वेकिस्तान,अफगानिस्तान र ताजेकिस्तान रहेका छन् । समूह ’बी’ मा इरान, किर्गिस्तान र तुर्कि्मिनिस्तान रहेका छन् । इरानमा आयोजना हुने छनोट आगामी अक्टोबर १६ देखि २७ सम्म हुनेछ । फाईनल चरणको छनोट भने फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्के्मिनिस्तानमा आयोजना हुँदैछ । फाइनल चरणको प्रतियोगितामा १५ टिमले प्रतिस्पर्धा गर्ने छन् । छनोटका लागि नेपालले आगामी भदौ दोस्रो साता फुटसल प्रतियोगिता आयोजना गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी गराएको छ । एन्फाको फुटसल समितिले प्रतियोगिता भदौ ९ गतेबाट २० गतेसम्म संचालन हुनेछ । यस अघि नेपालले एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनोट खेलेको थियो । नेपाल तुर्कि्मिनिस्तान, उज्वेकिस्तान र किर्गिस्तानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

Share.

Leave A Reply