play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

दुई प्रहरी घुससहित पक्राउ

0

काठमाण्डौं, साउन ९ गते । सार्वजनिक मुद्दामा केश चाँडै मिलाएर पठाइदिने भन्दै घुस लिने दुई जना प्रहरी घुससहित पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत्त गौशाला काठमाडौंका प्रहरी नायव निरीक्षकद्वय रमेश बहादुर पाण्डे र राजु स्वर्णकार घुस रकम सहित पक्राउ परेका हुन् । महानगरीय प्रहरी बृत्त गौशाला काठमाडौंका प्रहरी नायव निरीक्षकद्वय रमेश बहादुर पाण्डे र राजु स्वर्णकारले सार्वजनिक मुद्दामा केश चाँडै मिलाएर पठाइदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले सई पाण्डे र स्वर्णकारलाई पक्राउ गरेको हो । उनीहरुले सेवाग्राहीबाट अठार हजार घुस वापतको रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका वडा नं. ८ स्थित मिथिला काबेली यातायात सेवा प्रा.लि. र अनलाइन डिलक्सको टिकट काउन्टरको अफिस अगाडिको सार्वजनिक सडक किनाराबाट उक्त रकम सहित अख्तियारले नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Share.

Leave A Reply