play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

उत्तर कोरियाले ग¥यो २ क्षेप्यास्त्र परीक्षण

0

एजेन्सी, साउन ९ गते । उत्तर कोरियाले दुई छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले पूर्वी तटीय शहर वोनसान नजिकैबाट दुई क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । परीक्षण गरिएको एक क्षेप्यास्त्र ५० किलोमिटरको उचाइ लिएर ४३० किलोमिटर टाढा समुद्रमा गई खसेको र अर्को क्षेप्यास्त्र पनि ५० किलोमिटरको उचाइ लिएर ६ सय ९० किलोमिटर टाढा समुद्रमा खसेको जनाइएको छ । परीक्षण गरिएको केही लामो दूरीको दोश्रो क्षेप्यास्त्र नयाँ किसिमको रहेको दक्षिण कोरियाली अधिकारीले जनाएका छन् । पछिल्लो क्षेप्यास्त्र परीक्षणका विषय अनुसन्धान थालिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कोरियाली सीमाक्षेत्र डीएमजीमा भएको भेटवार्तापछि उत्तर कोरियाले पहिलोपटक क्षेप्यास्त्र परीक्षण गरेको हो । दुई नेताबीच भएको भेटवार्तापछि उत्तर कोरियाली–अमेरिकी सम्बन्ध केही सुमधुर हुने अपेक्षा भइरहेका बेला उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणलाई निकै चासोपूर्वक हेरिएको छ । यसबारे अमेरिकाको ह्वाइट हाउस, विदेश मन्त्रालय वा पेन्टागनले कुनै टिप्पणी गरिसकेका छैनन् ।

Share.

Leave A Reply