play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

च्याम्चेमा जिप दुर्घटनामा चालकको मृत्यु

0

लमजुङ, साउन ९ गते । लमजुङ सदरमुकाम बेसिसहरदेखि मनाङ जाँदै गरेको ग १ ज ६७८६ नम्वरको बलेरो जिप मरस्याङदी गाउँपालिका वडा नं ७ च्याम्चेमा पल्टिँदा एक जनाको मृत्यु भएको छ। बुधबार साँझ बेसीसहरबाट मनाङ तर्फ लागेको उक्त जिप बेलुकी नै दुर्घटना भएको हो। घटनास्थलमा मृत्यु हुनेमा जिपको चालक धनवहादुर आचार्य भएको आंशक गरीएको छ। जिपमा अरु यात्रुहरु नभएको लमजुङका डिएसपी राम गुरुङले जानकारी दिए। प्रहरीले जानकारी पाए लगत्तै हाल घटना स्थलमा प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय लमजङले जनाएको छ। अविरल बर्षा र दोर्दी खोलको बाढीले गर्दा घटना स्थलमा पुग्न नसकेको डिएसपि गुरुङको भनाई छ। भर्खर मात्र मनाङ जिल्लाका तालमा रहेको सिमा प्रहरी चौकीबाट घटना स्थलमा जाँदै गरेको सिमा प्रहरी चौकी तालका असई ले जानकारी दिएका छन्। जिपमा कतिजना सवार थिए भन्ने विवरण भने आउन बाकी छ

Share.

Leave A Reply