play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

0

काठमाण्डौं, साउन ९ गते । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक बिहीबार बस्दैछ । बैठक दिउँसो २ बजेपछि बस्ने कांग्रेसले जनाएको छ । मंगलबार बस्ने भनिएको बैठक दुई दिन पछि सारिएको थियो । कांग्रेसले गएको असार २९ गते नियमावली पारित गरेको थियो । बैठकका लागि समसामयिक सहित १४ वटा एजेन्डा तय भएका छन् । बैठकमा १४ औँ महाधिवेशनको कार्यतालिका, भातृ संगठनहरुको अधिवेशन, एकीकृत भएका स्थानीय तहका अधिवेशन लगायत विषयमा छलफल हुने जनाइएको छ ।

Share.

Leave A Reply