जनताले दिएको जिम्मेवारी पूरा गर्नुपर्छ – प्रचण्ड

0

काठमाण्डौं, साउन ९ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ ले जनताले दिएको जिम्मेवारी दृढता पूरा गरेमात्र पार्टी एकता सार्थक हुने बताएका छन् । जनताले सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिएको भन्दै प्रचण्डले त्यसलाई बुद्धिमता ढंगले पूरा गर्नुपर्ने दायित्व नेकपाको रहेको बताए । नपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको छैठौं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराही आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले पार्टी एकता अवसर र चुनौती दुबै भएको बताए । जनताले दिएको यो अवसर पार्टी एकतालाई पूर्णता दिएर र सरकारको कामलाई प्रभावकारी बनाएर गुणत्मक रुपमा जनताको मन जितेर मात्र पूरा गर्न सकिने प्रचण्डले बताए । पार्टी एकताको काम सकिनै लागेको भन्दै प्रचण्डले माथिदेखि तलसम्मका सबै एकीकरणको कार्यक्रमका सफल पार्ने चरणमा आफूहरु रहेको उनले बताए । प्रचण्डले संस्थापक नेता कर्मचार्यले सधै नेपाली कम्युनिस्ट पार्टीहरु एक ठाउँमा भएको हेर्न चाहेको भन्दै त्यो अभियान पूरा हुँदै गएको उनले बताए ।

Share.

Leave A Reply