play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

नेकपाद्धारा संसदीय दलको आकष्मिक बैठक आह्वान

0

साउन,८ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले ससदीय दलको आकष्मिक बैठक बोलाएको छ । संसदमा रहेको अवरोध हटाउन कांग्रेस–राजपासँग सहमति जुटे लगत्तै नेकपाले संसदीय दलको आकष्मिक बैठक दिउँसो २ बजेका लागि बोलाएको हो । प्रतिनिधि सभाका नेकपाका प्रमुख चसेतक देवप्रसाद गुरुङले संसदीय दलको बैठक बोलाइएको जानकारी दिनुभएको छ । संसदको गतिरोध हटाउने सहमति भइसकेकाले नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसीद दलको बैठक बोलाएको बताउनुभयो । नेकपाको उक्त बैठकपछि दिउँसो साढे २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ । नेकपा र कांग्रेसबीचको विवादका कारण प्रतिनिधि सभाको बैठक गत असार ३० गते स्थगित भएको हो ।

Share.

Leave A Reply