समयमा खुल्दैन भरतपुर अस्पतालको ओपिडि काउन्टर

0

साउन ७ गते ।
भरतपुर अस्पतालको ओपिडि काउन्टर समयमा नखुल्ने गरेको भन्ने गुनासो बढ्न थालेको छ । अस्पतालमा सेवा लिन आउने विरामीका अनुसार विहान ८ बजे काउन्टर खुल्नुपर्ने भए पनि त्यो समय भन्दा ढिलो गरी ओपीडि काउन्टर खुल्ने गरेको अस्पतालमा सेवा लिन आउने विरामीहरूले बताउने गरेका छन् । अधिकामस विरामी हरु भरतपुर अस्पतालमा सेवा लिनको लागि ८ बजे टिकट खुल्छ भनेर ६ बजे देखिनै लाईनमा बस्ने गरेको तर काउन्टर भने ढिलो गरेर खुल्ने गरेका विरामीहरू बताउछन् । भरतपुर अस्पतालमा ५ वटा ओपिडि काउण्टर छन् । तर विभिन्न बाहानामा ५ वटानै काउन्टर भने कमनै संचालनमा आउने गरेको छ । अस्पतालका शाखा अधिकृत कृष्ण प्रसाद गौतमका अनुसार कर्मचारी अभावका कारण समयमा काउण्टर खुन्न नसकेको हो । अस्पतालको पनि कमिकमजोरी हुन सक्छ भावि दिनमा त्यो विषयलाई आंैल्याएर समस्या सुधार गरिने उहाँ बताउनु हुन्छ ।

Share.

Leave A Reply