चितवन, साउन,७ ।
बढ्दो आधुनिकता र जिबनशैली संगै घरैमा बसेर खाना र खाजा अर्डर गर्नेहरुको संख्या नेपालमा बढ्दै गैरहेको छ। नेपालमा धेरै संख्यामा अनलाईन शपिङ्ग हरु रहेका छ्न र केही खुल्ने क्रममा छ्न। चितवन मा केही युवाहरू मिलेर पहिलो पटक सन्चालनमा ल्याएको मेरो किनमेल डट कम ३ बर्ष पूरा गरी ४ बर्षको यात्रामा रहेको छ। पढाईको शिलशिलामा चीन पुगेका सन्तोष कंडेल बि.एच.एम सकायपछी इन्टर्नसीप को लागि त्यहा रहदा चीनका मानिसहरु को ब्यस्त जीवनशैलीका कारण उनिहरु कम नै रेस्टुरेन्ट जाने गरेको र त्यसै क्रममा उनले घरमै बसेर खाना, खाजा , र अन्य पेय पदार्थहरु अर्डर गर्ने गरेको देखेपछि यसरी पनि सेवा , सुबिधा दिन सकिदो रहेछ भन्ने लागेर पढाई सकेपछि चितवन आएर केही साथिहरु मिलेर मेरो किनमेल डट कम सन्चालनमा ल्याए। सुरुवातमा हरेक सामान हरुको अर्डर लिने गरेतापनी खासै बिक्री हुन नसकेपछी खाना,खाजा र पेए पदार्थ हरुको मात्र सेवाको सुरुवात गर्यो मेरो किनमेल डट कम ले। सुरु सुरुमा खासै अर्डर नआउदा चिन्तित हुने कंडेल आजभोलि बढदै गइरहेको व्यापार र मेरो किनमेल लाई ग्राहक हरुले दिनुभयको सकारात्मक प्रतिक्रिया बाट ज्यादै खुसी छ्न। खाना र खाजा संगै सबै सामान हरुको सुबिधा दिने सोच बनाउनु भएको छ कि पहिलेको जस्तै भनि सोध्दा अब हामी खाना र खाजा अनि पेय पदार्थ को सेवा प्रदान मा नै फोकस हुन्छौ भन्छन संचालक कंडेल । उनी थप्छ्न´ अब हामी घरमा चाहिने हरेक किराना सामानहरु अर्डर अनुसार ग्राहक हरुको घरमै पुर्याउने तैयारी गर्दैछौ । ४ बर्षको यो सफलता र सेवाग्राहीहरुको मायाका कारण अब हामी पोखरा र बुटवलमा पनि आफ्नो शाखा बिस्तार गर्दैछौ भन्छन अर्का सन्चालक सुशील सापकोटा साथै उनी भन्छ्न_ अहिले १० जनाको समूह रहेको मेरो किनमेल डट कम ले ग्राहकहरुलाई छिटो र गुणस्तरीय सेवा दिने कुरामा कुनै कन्जुस्याइँ गर्दैन।
बिहान १० बजेदेखि राती ८:३० बजेसम्म निरन्तर सेवामा रहने मेरो किनमेल मार्फत चितवनका १०० ओटा रेस्टुरेन्टहरु बाट ग्राहक हरुले खाना, खाजा र पेय पदार्थहरु अर्डर गर्न सक्नेछन् । ग्राहकहरुले रेस्टुरेन्ट कहाँ छ , कस्तो छ , र त्यहाको गुणस्तरीयताका बारे विभिन्न माध्यम बाट राम्रो संग बुझेर रेस्टुरेन्ट को मेनु हेरेर अर्डर गर्न सक्नेछन। तीन बर्षको यो कामबाट ग्राहक हरुले कहिले किन ढिला गरिस् भन्दै रिसाउदा नरमाईलो लाग्ने त कहिले बिल भन्दा पहिला खाना र खाजा घर भित्र लगेर खान लागेपछी बिल नै तिर्न बिर्सनु हुन्छ ग्राहक हरु अनि आफैले सम्झाउछु भन्दै रमाईलो अनुभब पनि सुनाउछ्न डेलिभरी ब्वाई बिबेक भुजेल। चितवनको भरतपुर महानगरमा धेरै ग्राहकहरु भएको मेरो किनमेल को पुर्ब को टाढी, पश्चिम मेघौली र नवलपुर को कावासोती सम्म ग्राहकहरु रहेका छ्न। १५ बर्ष भन्दा माथिका उमेर समूहले मेरो किनमेल बाट खाना तथा खाजा अर्डर गर्ने गर्दछ्न। ब्यस्त जिबनशैलीका कारण घरमै खाना तथा खाजा आउने भयपछि समयको सदुपयोग हुनुको साथै महँगो पनि नपर्ने र घाम , पानी जस्तोसुकै मौसम मा पनि फोन र मोबाइल एप अनि फेसबुक पेजबाट अर्डर गर्न सकिने र बिल ई- सेवा बाट तिर्न सकिने भएकोले पनि यस प्रतिको आकर्षण बढ्दै गैरहेको छ।