play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवस मनाइँदै

0

साउन, ७ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ । पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाई लडे । १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलाल आफ्नो जीवनभर संगठन विस्तारमा लागे । राणा विरोधी आन्दोलनका अगुवा सहिद गंगालाल श्रेष्ठका माइला भाइ स्वर्गीय पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गरेर राजनीतिक सन्देश दिएका थिए । उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली माक्र्सवादी विश्लेषकको पहिचान दिएका थिए । निरंकुशताको अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्य्दिशा २०२५ सालमा अगाडि सार्ने उनी पहिलो नेता थिए । पुष्पलालको २०३५ साल साउन ७ गते आजैका दिन निधन भएको थियो ।

Share.

Leave A Reply