play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

पन्तले सुरु गरिन् सात दिने गुडिया र कुशन बनाउने तालिम

0


६ साउन, भरतपुर ।
मिसेस चितवन २०१९ थर्ड रनर अप प्रतीक्षा पन्तले ७ दिने गुडिया र कुशनमा दक्षता विकास प्रशिक्षण कार्यक्रम सुरु गरेकी छिन् । कार्यक्रम आइतबारबाटबाट ग्रिनल्याण्ड पब्लिक स्कुल भरतपुर–१२ मा सुरु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा भरतपुर महानगरकी उप–प्रमुख शाहले यस्ता किसिमको कार्यक्रमले विशेष गरी घरमा बस्ने महिला दिदिबहिनीहरुलाई प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा ग्रिनल्याण्ड पब्लिक स्कुलकी प्रधानाध्यापक इन्दिरा कार्की , मिसेस चितवन २०१९ का आयोजकद्वय दुर्गा घिमिरे र मिना झा , मिसेस चितवन जमुना श्रेष्ठ विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा ग्रिनल्याण्डका सह– प्राचार्य उपेन्द्र आर्चाय , मञ्जुश्री असहाय संरक्षण केन्द्रकी प्रमुख मन्जु खाँड, मिसेस चितवन सेकेण्ड रनर अप सजना अधिकारी ,संचारकर्मी करिशमा थापालगायतको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply