play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

व्यवसायीक लेखा सम्बन्धि तालिम सम्पन्न

0

चितवन, साउन, ६ ।
१ दिने व्यवसायीक लेखा सम्बन्धि तालिम उद्योग वाणिज्य संघ–चितवनमा सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवनको आयोजना तथा फेन्सी व्यवसायी संघ–चितवनको सह–आयोजनामा उक्त तालिम सम्पन्न भएको हो । फेन्सी व्यवसायमा संलग्न व्यवसायीहरुलाई बर्तमान कर प्रशासनद्धारा लागु गरिएका करका दर,आधारभुत लेखा प्रक्रिया, मुल्य अभिबृद्धी करका वारेमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले व्यवसायीहरुले व्यवसाय गर्दा लेखाका कम्तिमा पनि आधारभुत सिद्धान्तहरुलाई अबलम्बन गर्नु पर्ने बताउनु भयो । उहाले लेखा पद्धती व्यवसायको प्राण भएकोले यसलाई स्वस्थ, चुस्त र दुरुस्त राख्नुपर्ने औंल्याउनुभयो । सहभागिलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आफ्नो व्यवसायको यथास्थिति जानकारी नभईकन ब्यवसायिक भविष्य निर्धारण गर्न नसकिने बताउंदै यसका लागि लेखा पद्धतिले सहयोग गर्ने बताउनुभयो । सोहि कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका तृतिय उपाध्यक्ष एवं वस्तुगत संघ समन्वय समितिका संयोजक भोजराज कौडालले लेखा राख्ने पद्धति व्यवसायीक, पारदर्शी र बैज्ञानिक नभएमा व्यवसायीलाई जटिल परिस्थिति तर्फ धकेल्ने बताउनुभयो । फेन्सी व्यवसायी संघका निबर्तमान अध्यक्ष बालकृष्ण कंडेलले व्यवसायीले आफ्नो कारोवारको हिसाव किताव आफै राख्नुपर्ने र अरु संग भर पर्ने स्थिति सिर्जना नर्गन अनुरोध गर्नुभयो । कार्यक्रममा फेन्सी साकोसका अध्यक्ष प्रकाश गैरे, फेन्सी व्यवसायी संघका कार्यवाहक अध्यक्ष शंकर घिमिरे, लेखा तालिम संयोजक सन्तोष पाण्डे लगायतले बोल्नु भएको थियो । एक दिवसिय उक्त तालिममा प्रशिक्षक प्रदिप कपालीले सहजीकरण गर्नुभएको थियो । फेन्सी व्यवसायमा संलग्न करिव ३ सय व्यवसायीहरुलाई आलोपालो गरि निरन्तर एक हप्ता सम्म दैनिक ४० जना व्यवसायीलाई तालिम प्रदान गर्न लागिएको उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनुभयो । संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठको सभापतित्वका भएको कार्यक्रममा संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । तालममा ५१ जना फेन्सी व्यवसायीको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply