साउन,६ ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो) को महत्वाकांक्षी यान चन्द्रयान–२ सोमबार दिउँसो चन्द्रमामा पठाएको छ । भारतीय समयअनुसार दिउँसो २ः४३ बजे श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट चन्द्रयान–२ प्रक्षेपण गरिएको हो । चन्द्रयान–२ को सफल प्रक्षेपणले भारत चन्द्रमामा अन्तरिक्ष यान पठाउने चौथो देश बन्नेछ । इस्रोको स्रोतका अनुसार चन्द्रमामा पठाइएको चन्द्रयानको लागत नौ सय ७८ करोड रहेको छ । चन्द्रयानको प्रक्षेपणसँगै भारत पनि अन्तरिक्षसम्बन्धी अध्ययनमा शक्तिशाली देश हुने इस्रोले जनाएको छ । चन्द्रमामा पठाइएको यानले चन्द्रमाको थप अनुसन्धान गर्ने बताइएको छ । चन्द्रमामा रहेको पानी, खनिज, र चट्टानको अवस्थितिका बारेमा अनुसन्धान गर्न भारतले यान पठाएको हो । यसअघि भारतले सन् २००८ मा ुलुनार मिसनु चन्द्रयान–१ प्रक्षेपण गरेको थियो तर त्यो चन्द्रमासम्म पुग्न सकेन । यद्दपि चन्द्रयान–१ ले पहिलो पटक राडरको माध्यमबाट चन्द्रमामा पानीको गहन खोजमा सघाएको थियो । चन्द्रयान–२ चन्द्रमाको दक्षिणी ध्रुवमा ल्याण्ड हुनेछ । झण्डै ४८ घण्टाको अवधिमा चन्द्रमासम्म पुग्ने बताइएको छ । झण्डै एक हप्ताअघि प्रक्षेपणको लागि तय गरिएको यानमा प्राविधिक समस्या देखिएपछि स्थगित गरिएको थियो ।
भारतले चन्द्रयान–२ चन्द्रमामा पठायो
भारतले चन्द्रयान–२ चन्द्रमामा पठायो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु