play_circle_outline On Air

जेनेरेशन एक्स

play_circle_outline On Air

जेनेरेशन एक्स

सरकारले नागरिकको गोपनियताको हक माथि धावा बोल्न लाग्यो -देउवा

0

साउन, ६ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको दूरसञ्चारसम्बन्धी विधेयकमार्फत् टेलिफोन प्रयोगकर्तामाथि गर्न लागिएको कडाइप्रति कडा आपत्ति जनाएका छन् । ३७ औं वीपी स्मृति दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले टेलिफोनबाट गाली बेइज्जती गरे कारबाही गर्ने बहाना बनाएर सरकारले नागरिकको गोपनियताको हक माथि धावा बोल्न लागेको आरोप लगाए । उनले अभिव्यक्ति स्वतन्त्रता र मिडिया काउन्सिल विधेयकमार्फत प्रेस स्वतन्त्रता हनन गरी सरकार अधिनायकवादी बाटोमा लागेको बताए । सभापति देउवाले वीपीले स्वतन्त्रता र राष्ट्रियताका लागि ठूलो लडाईं लडेको भन्दै सरकारले ल्याएका यस्ता स्वतन्त्रता र मौलिक हक अधिकारविरुद्धको विधेयक संसद्बाट कुनै हालतमा पारित हुन नदिने भन्दै आवश्यक परे सडक संघर्ष थाल्ने चेतावनी दिए ।

Share.

Leave A Reply