गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम भोलीदेखि पुनः सुरु गर्ने

0

चितवन,साउन,६ ।
निर्माण कार्य रोकिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम पुनः सुचारु हुने भएको छ । आज विहान भरतपुरमा बसेको धुर्मुस सुन्तली फाउण्डेशन र रंगशाला निर्माण सहयोग समिति सचिवालयको संयुक्त बैठकले भोलीदेखि रंगशाला निर्माणको काम सुरु गर्ने निर्णय गरेको हो ।

वैठकमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी,प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत,धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस,नेकपा चितवनका अध्यक्ष यम बहादुर परियार,नेपाली काँग्रेस चितवनका सभापती जितनारायण श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो । बैठकले भोलीदेखि नियमित काम सुरु गर्ने र रंगशाला निर्माणको अभियानलाई सफल बनाउन सक्रियताका साथ सबै लाग्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । दुई महिना अघिदेखि रंगशाला निर्माणको काम रोकिएको थियो ।

Share.

Leave A Reply