play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

नेकपा सचिवालय बैठकमा विभागीय जिम्मेवारी बाँडफाँड टुंङगो लाग्न सकेन

0

साउन ५ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज पनि विभागीय जिम्मेवारी टुंग्याउन सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा स्कुल विभागमा दुवै पक्षको दाबी रहँदा विभागीय जिम्मेवारी बाँडफाँड नटुंगिएको हो । पूर्वमाओवादी पक्ष स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिन तयार नभएको बुझिएको छ । तर बैठकमा ७७ वटै जिल्लाका ईञ्चार्ज र सह–इञ्चार्जहरुको नाममा भने सहमति भएको जनाइएको छ । बैठकले संगठन विभागको जिम्मेवारी वामदेव गौतमलाई दिने निर्णय गरेको जानकारी नेता गौतमले नै दिएका छन् । यसअघि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच विभागीय जिम्मेवारीबारे सहमति भएकोमा उक्त सहमतिलाई अनुमोदन गर्न सचिवालय बैठक बसेको हो । विदेश विभागको नेतृत्व वरिष्ठ नेता माधव नेपाललाई दिने सहमति पनि यसअघि नै भईसकेको छ । सचिवालयको अर्को बैठक आगामी मंगलबार बस्नेछ ।

Share.

Leave A Reply