play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

नेकपाको तत्कालीन माओवादीले स्कुल विभागको दाबी नछाड्ने

0

साउन,५ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तत्कालीन माओवादीले स्कुल विभागको दाबी नछाड्ने भएको छ । सचिवालय बैठकअघि आज विहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाबीच छलफल भएको थियो । खुमलटारमा भएको छलफलमा अध्यक्ष प्रचण्डले स्कुल विभागबारे सहमति भइनसकेको ब्रिफिङ गरेका थिए । स्कुल विभागमा तत्कालीन एमालेले रक्षामन्त्री ईश्वर पोखरेलको नाम अगाडि सारेको छ । तत्कालीन माओवादीमा नारायणकाजी श्रेष्ठ प्रकाशको दाबी छ । पूर्व माओवादीको भागमा परेका अरु १४ विभागमा भने मन्त्रीहरुलाई सम्बन्धित विभागको जिम्मेवारी दिने सहमति भएको छ ।

Share.

Leave A Reply