play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

मकवानपुरको राप्तीखोला बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

0

मकवानपुर,साउन,५ ।
मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । मनहरी गाउँपालिका ९ रजैयास्थित राप्तीखोला बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो । गए राति गाँजा बोकेको ५÷६ जनाको समूह र प्रहरीबीच गोली हानाहान भएको स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर टोलीलाई देखेपछि गाँजा तस्करको समूहले फायरिङ सुरु गरेको बताइएको छ । त्यसपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो । तर दुवैतर्फ मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गोली हानाहान भएपछि प्रहरीले हतियारसहित एकजनालाई पक्राउ गरेको छ । अन्य भागेका छन । पक्राउ परेका व्यक्ति गाँजा तस्कर नै भएको स्रोतले जनाएको छ । प्रहरीले यसबारेमा आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछ ।

Share.

Leave A Reply