साउन,५ ।
सोलुखुम्बुमा भाइको कुटाइबाट दाइको ज्यान गएको छ । थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा दाजुभाइबीच झगडा हुँदा २७ वर्षका भाइ किरण राईको कुटाइबाट ४४ वर्षका दाजु जयप्रकाश राईको गएराति ज्यान गएको हो । घरमा आमासँगै बस्दै आएका दाजु भाइबीच झगडा भएको थियो । झगडा के कारणले भयो भन्नेबारे पत्ता लाग्न सकेको छैन । भाइ किरणलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
भाइको कुटाइबाट दाइको मृत्यु
0
Share.