play_circle_outline On Air

जान्नु भए भन्नु

play_circle_outline On Air

जान्नु भए भन्नु

लोकसेवा आयोगको विज्ञापन खारेज गर्न समाजवादी पार्टी नेपालको माग

0

साउन,५ ।
सत्तारुढ दल समाजवादी पार्टी नेपाल लोकसेवा आयोगको विज्ञापन खारेज गर्न माग गरेको छ । पार्टीको प्रदेश ५ समितिले लोकसेवा आयोगको विज्ञापन खारेज गर्न माग गरेको हो । लोकसेवाको विज्ञापनविरुद्ध भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पार्टीले विज्ञापन खारेज गर्न माग गरेको छ । आयोगको विज्ञापन समानुपातिक, समावेशी सिद्धान्त विपरित भएको समाजवादी पार्टीले दाबी गरेको छ । समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादवले आज प्रेस विज्ञप्ति जारी गर्दै ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेस विद्रोह, थारु, आदिवासी जनजाति,दलित, मुस्लिम, महिला र खस आर्य समेतको बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धी धारा ४२ को सामाजिक न्यायको सिद्धान्त विपरित आयोगले विज्ञापन प्रकाशित गरेको उल्लेख गर्नुभएको छ । उहाले तत्काल विज्ञापन खारेज गर्न माग गर्नुभएको छ ।

Share.

Leave A Reply