play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

दाङमा इनारमा खसेर १५ वर्षे बालिकाको मृत्यु

0

साउन,५ ।
दाङमा ईनारमा खसेर आज बिहानै एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ निवासी १५ वर्षकी सम्झना बुढाको ईनारमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत विनोद विक्रम शाहले जानकारी दिएका छन् । आमा बिमा बुढा आज बिहानै घाँस काट्न गएकी थिइन् । घाँस लिएर आएपछि सँगै सुतेकी छोरीलाई उठाउन जाँदा देखिनन् । छोरी खोज्ने क्रममा आफ्नै आँगनको इनार भित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply