play_circle_outline On Air

अभिमत

play_circle_outline On Air

अभिमत

पत्रकारद्धय ढकाल र सापकोटा सम्मानित

0

चितवन, साउन ४ गते ।
अक्षर साहित्य प्रतिष्ठान कैलालीले चितवनकापत्रकार अनिल ढकाल र लेखराम सापकोटालाई सम्मान गरेको छ । स्रष्टालाई सघाएको भन्दै ढकाल र सापकोटा सम्मानितभएकाहुन । ढकाल अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत हुनुहुन्छ भने सापकोटा कायाकैरन दैनिकमा कला, साहित्य बिटमा कार्यरत हुनुहुन्छ ।
पत्रकारिताको माध्यमबाट भाषा , कला , साहित्य र विविध गतिविधि पत्रकारिताको माध्यमबाट विकास र विस्तारमा योगदान गरेको भन्दै ढकाललाई सम्मान गरेको हो । त्यस्तै सोहीकार्यक्रममा ॐ कार्की स्मृति साहित्य प्रतिष्ठानका सचिवअर्पणा कार्कीलाई पनि सम्मान गरिएको थियो ।।
अध्यक्ष अविरल सहित गजल मञ्च चितवनका अध्यक्षप्रभाकर पण्डित , चितवन साहित्य परिषदचितवनकाअध्यक्ष सुरेन्द्र अस्तफलले दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको हो ।
नेपाली साहित्य, कला र संस्कृतिको संरक्षण र विकासमा योगदान र्पुयाएको भन्दै सम्मानगरिएको प्रतिष्ठानका अध्यक्ष धनराज अविरलले बताउनुभयो । प्रतिष्ठानले पछिल्लो समय नेपाली साहित्य र संस्कृतिको उत्थानमा योगदानदिँदै आइरहेको छ ।

Share.

Leave A Reply