play_circle_outline On Air

लोकभाका

play_circle_outline On Air

लोकभाका

पञ्चेश्वर मन्दिरको जग्गा बिस्तारका लागी छलफल

0

भरतपुर, ०४ ।

भरतपुर महानगरपालिका ७ तेह्रसाल चोकमा रहेको पञ्चेश्वर महादेव मन्दिरको क्षेत्र विस्तारका लागि बृहत छलफल भएको छ । पञ्चेश्वर महादेव मन्दिरका लागि जग्गा अभाव भए पछि पञ्चेश्वर टोल विकास सस्था जग्गा खरिदका लागि अग्रसर भएको छ ।

४ बर्ष अघि निमार्ण सुरु गरिएको मन्दिरको हाल १५ कठ्ठा जग्गा छ । मन्दिरको कुल क्षेत्रफल भने २ कठ्ठा ६ धुर छ । तर यसलाई मन्दिरको तत्कालको आवस्यकताको आधारमा १२ धुर जग्गा खरिद गर्नको लागी पहल भइरहेको सत्संग व्यबस्थापन समितीका अध्यक्ष भागीरथ पहारीले बताए । ९० लाख लागतमा मन्दिर निर्माण गरिएको निमार्ण ब्यबस्थापन समितीका अध्यक्ष राम नाथ खनालले बताए ।

मन्दिरमा नियमित पुजापाठ, सत्सगं,श्रावणको सोमवार नृत्य सत्सगं लगाएत भजन कृतन हुदैआएको छ । पञ्चेश्वर टोल बिकासमा २ सय २१ घरधुरी छन् ।

Share.

Leave A Reply