play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चीनको एक ग्यास उद्योगमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या १० पुग्यो

0

साउन ४ ।

चीनको एउटा ग्यास उद्योगमा हिजो बेलुका भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । घटनामा परी अरु १९ जना घाइते भएका छन् भने पाँच जना सम्पर्क्बिहीन रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । हेनान प्रान्तस्थित ग्यास उद्योगमा स्थानीय समय अनुसार शुक्रबार बेलुका ५।४५ मा विस्फोट भएको हो । इमा शहरमा अवस्थित हेनान कोल ग्यास कम्पनी लिमिटेडको ग्यास उद्योगमा विस्फोट भएको स्थानीय प्रशासनले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र सम्पर्क्विहीन भएकाहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

Share.

Leave A Reply