play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

नवलपरासीमा च्याउ टिप्न जंगल गएका १० जना किशोर सम्पर्कविहीन

0

नवलपरासी,साउन,४ ।
जंगली च्याउ टिप्न मदरबाबा जंगल गएका बर्दघाट नगरपालिका १५ तेलहा गाउँका १० जना किशोरहरू हिजोदेखि सम्पर्क्विहीन बनेका छन् । च्याउ टिप्न जाने भन्दै हिजो दिउँसो १ बजे गाउँका १६÷१७ वर्षे उमेर समूहका १० जना किशोरहरू एकसाथ जंगल पसेका थिए । राति अबेरसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेको स्थानीय टेक बहादुर थारूले बताउनुभयो । टेक बहादुरका छोरा सुरज चौधरी पनि हराइरहनु भएको छ । स्थानीयवासी, प्रहरी तथा वनका कर्मचारीहरु परिचालन गरिएको भए पनि अहिलेसम्म उनीहरुको खबर पाउन सकिएको छैन । आज बिहान फेरि गाउँका थप व्यक्तिका साथ खोजी थालिएको छ । आज बिहान १० बजे हराएका मध्ये एक जनाको फोन आएको र ’हामी पहाड पारि हराएका छौं’ भन्ने बताएपछि खोजीका लागि गाउँलेहरु घना पहाडतर्फ उक्लिएका छन् । मोबाइल नेटवर्क नभएका कारण सम्पर्क्विहीन भएको स्थानीयले बताएका छन् ।

 

Share.

Leave A Reply