play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

नेपाली राष्ट्रिय क्रिकेट टोली आज सिंगापुर जादै

0

साउन, ४ ।
आईसीसी टी ट्वान्टी विश्वकप एसिया फाइनलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज सिंगापुर प्रस्थान गर्दैछन् । मलेसियामा अन्तिम तयारी गरेको नेपाली टोली त्यहीबाट सिंगापुर जाने कार्यक्रम रहेको छ । प्रतियोगिताको लागि नेपालले शुक्रबार अन्तिम अभ्यास गरेको थियो । मलेसियामा नेपालले घरेलु टोलीसँग दुई खेलको टी(ट्वान्टी क्रिकेट सिरिज समेत खेलेको थियो । उक्त सिरिज नेपालले ’क्लिन स्विप’ गरेको थियो । सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको यस एसिया फाइनल जुलाई २२ देखि २८ सम्म हुनेछ ।

एसिया फाइनलमा नेपालले आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेतसँग प्रतिस्पर्धा गर्ने छ । फाइनलको शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ । एसिया फाइनलमा नेपालले कतारसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसंग खेल्नेछन् ।

Share.

Leave A Reply