play_circle_outline On Air

घरदुवार

play_circle_outline On Air

घरदुवार

सर्लाहीको रामनगर गाउँपालिकाका इन्जिनियर ५० हजार घुससहित पक्राउ

0

साउन,३ ।
सर्लाहीको रामनगर गाउँपालिकामा कार्यरत इन्जिनियर रामजी बाबु यादव ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले यादवलाई मलंगवा नगरपालिका १० स्थित अशोका होटलबाट नियन्त्रणमा लिएको हो । इन्जिनियर यादवले गाउँपालिकाको बजेटबाट विद्युत जडान गर्ने कामको प्राविधिक मूल्याङ्कनसहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराइ दिने भन्दै सेवाग्राहीबाट घुस लिएको अख्तियारको दावी छ ।

Share.

Leave A Reply