play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

युनियनको नव निर्वाचित कार्यसमिति पदस्थापित

0

शिव गौतम,

कार्तिक १४, भरतपुर  ।
नेपाल प्रेस युनियन चितवनका नव निर्वाचित पदाधिकारीहरू तथा पार्षद्हरूको आज पदस्थापन गरिएको छ । पदस्थापन हुनुभएका अध्यक्ष अनिल ढकाल आश्विन २७ गते भएको निर्वाचनमा विजयी हुनुभएको थियो भने अन्य पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन हुनुभएको थियो । प्रमुख अतिथि तथा नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले सबै पदाधिकारीहरूले अराजकता विरुद्ध खुलेर कलम चलाउनुपर्ने बताउनुभयो । कांग्रेसभित्र रहेका खराब कुरा पनि उजागर गरी आफूहरूलाई सजग बनाउन उहाँले आग्रह गर्नुभयो । प्रदेश नं ३ सांसद गीता वाग्लेले युनियनले आफ्नै भवन बनाउन सफल भएको भन्दै अधिकारीको कामको प्रशंसा गर्नुभयो । पत्रकारहरूले यो र त्यो पार्टी नभनी कुविचारका विरुद्ध बोल्नुपर्ने उहाँले जिकिर गर्नुभयो । युनियनका निवर्तमान अध्यक्ष नारायण अधिकारीले नव निर्वाचित अध्यक्ष ढकाललाई जिम्मेवारी सुम्पिदै ढकालको नेतृत्वमा युनियनले नयाँ उचाई छुने आशा व्यक्त गर्नुभयो । कार्यक्रम समापन गर्ने क्रममा ढकालले आफूलाई त्यस्तो गरिमामय पदमा पुर्याउन सहयोगी भूमिका खेल्ने सबैलाई धन्यवाद व्यक्त गर्दै अबको लक्ष्य भनेको पत्रकार महासंघको शुद्धीकरण रहेको बताउनुभयो । कार्यक्रममा युनियनका नवनिर्वाचित केन्द्रीय र प्रदेश प्रतिनिधिहरूलाई पनि सम्मान गरिएको थियो ।

चार वर्षको कार्यकाल रहेको युनियनको कार्यसमितिमा सूर्य प्रसाद अधिकारी खुल्लातर्फ र अनिता अर्याल महिला तर्फको उपाध्यक्ष हुनुहुन्छ । त्यसैगरी सचिवमा प्रस्ताव सुवेदी तथा कोषाध्यक्षमा विप्लव काफ्ले रहनुभएको छ । कार्यसमितिको सदस्यमा भने सुशील पन्त, विष्णु प्रसाद त्रिपाठी, विवेक न्यौपाने, राजु चौधरी, हरि पौडेल, निशा दाहाल, चन्द्रमा अधिकारी, कमलमान श्रेष्ठ, माधव सापकोटा, सुदन पौडेल र आशिष अधिकारी पर्नुभएको छ । युनियनको आज बसेको पहिलो बैठकबाट आशा खरेल सह(सचिवमा मनोनित हुनुभएको छ ।

Share.

Leave A Reply