play_circle_outline On Air

लोकभाका

play_circle_outline On Air

लोकभाका

गएराति चितवनमा एम्बुलेन्सको ठक्करबाट पैदलयात्री घाइते,

0

कार्तिक १४ । चितवनको राप्ती नगरपालिका–२ गड्यौलीमा गएराति एम्बुलेन्सको ठक्करबाट एकजना घाइते भएका छन् ।गएराति १० बजे ना२च ३०४४ नम्बरको एम्बुलेन्सले राप्ती नगरपालिका–२ कै ४५ वर्षीय देवराज थपलियालाई पैदल हिँडिरहेको अवस्थामा ठक्कर दिएको थियो । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।ठक्कर दिने एम्बुलेन्ससहित चालकलाई ईलाका प्रहरी कार्यालय भण्डाराले नियन्त्रणमा लिएको छ ।
चितवन कै माडी नगरपालिका–३ शहिदचोकमा हिजो बेलुकी ८ बजे बा६प ६०७२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।मोटरसाइकल चालक स्थानीय ३० वर्षीय लालप्रसाद साह र पछाडि सवार २६ वर्षीय दिलिप साह घाइते भएका छन् । घाइतेद्वयको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

Share.

Leave A Reply