play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आपसी सद्भाव खलबल्याउने कार्य मान्य हुँदैन:-अस्पतालबाट प्रधानमन्त्रीको सन्देश

0

कात्तिक १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म, संस्कृति वा दलीय बहसका नाममा आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनैपनि कार्य मान्य हुन नसक्ने बताएका छन् ।महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’मा उपचाररत् प्रधानमन्त्री ओलीले मंगलबार सन्देश दिँदै मुलुकका केही भागमा हालै भएका घटनाप्रति आफू जानकार र संवेदनशील रहेको उल्लेख गरेका छन् ।उनले दंगा, हुलहुज्जत र हिंसाबाट सामाजिक सद्भाव बिथोल्ने कार्यले सुशासनलाई बिथोल्ने जनाउँदै शान्ति–सुव्यवस्था भंग गर्ने आपराधिक कार्यबाट समृद्धिको महाअभियान बिथोलिने र विकासको मार्ग भत्किनेतर्फ सबैलाई सचेत गराएका छन् ।
चिकित्सकले दिएको जानकारीका आधारमा आफू अस्पतालबाट चाँडै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने उल्लेख गर्दै उनले विगतमा झैं समग्र देशवासीबाट सहयोग र सद्भाव निरन्तर पाउने अपेक्षा गरेका छन् ।प्रधानमन्त्री ओलीले केही सामाजिक सञ्जाल र डिजिटल सन्चारमाध्यमबाट आफ्नो स्वास्थ्यकाबारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह गरेका छन् ।प्रधानमन्त्री ओलीले सन्देशमा मौसमी रुखाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका लागि आफू उपचार गराइरहेको उल्लेख गरेका छन् ।उनले आफ्नो स्वास्थ्यकाबारेमा चासो र चिन्ता गर्ने राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न दलका नेता, संवैधानिक अंग, विदेशी कूटनीतिक नियोग, कर्मचारीलगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
स्वास्थ्यस्थिति सुधारोन्मुख
प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको सो अस्पतालले जनाएको छ ।अस्पतालले प्रधानमन्त्रीको संक्रमण नियन्त्रण गरी उनको स्वास्थ्यलाभ गराउनु पहिलो प्राथमिकता भएकाले उनलाई भेटघाट गर्न प्रतिबन्ध लगाइएको जनाएको छ ।प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्ने महानुभावको आकांक्षालाई आत्मसात् गरिए तापनि भेटघाट गराउन नसकिने अस्पतालको विज्ञप्तिमा उल्लेख छ । रासस

Share.

Leave A Reply