play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

रत्ननगरमा आयोजना गरिएको महायज्ञमा एक करोड ५० लाख संकलन

0

कार्तिक १३ । रत्ननगर नगरपालिका वडा नं. १५ नमूना टोलमा रहेको आधारभूत विद्यालयमा आयोजना गरिएको महायज्ञमा एक करोड ५० लाख रुपैया संकलन भएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार निर्माणको लागि गरिएको महायज्ञमा कृष्ण बहादुर नेपालले ३१ लाख ५० हजार रुपैया बरावरको एक कठ्ठा एक धुर जग्गा र उनका भाइ नर बहादुर नेपालले ९ लाख मुल्य बराबरको साढे चार धुर जग्गा दान गरेका छन । महायज्ञमा वलबहादुर थापाले ३ लाख ६१ हजार,रेशम बहादुर गुरुङले २ लाख ७५ हजार तथा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा कथाबाचन गरिरहेका युवा पण्डित इश्वर रेग्मीले एक लाख ९ हजार र उनका बुवा रामप्रसाद रेग्मी एक लाख ११ हजार १ सय ११ रुपैया दान गरेका छन । अर्का बाचन पण्डित बासुदेव घिमिरेले ३३ हजार ३३३ सहयोग गरेका छन । यसैगरी सन्जनादेबी लामिछाने रु १ लाख २५ हजार,दिग्दर्शन खानेपानी संस्था रु १ लाख २५ हजार,गोपाल प्रसाद नेपाल रु १ लाख १२ हजार ,बलबहादुर थापा रु १ लाख ११ हजार र एक लाख ५० रुपैया बरावरको कम्प्युटर,शोभा श्रेष्ठ (शिक्षिका) रु १ लाख ११ हजार,जगत बहादुर विक रु १ लाख ७०० ,गोपी खड्का रु १ लाख ११ हजार १११, शान्ता अर्याल,रु १ लाख १ हजार ५,रामप्रसाद रेग्मी रु १ लाख ११ हजार १११ दान गरेको महायज्ञ मुल समारोह समितिका सल्लाहाकार आशिष तामाङले जानकारी दिए । विद्यालयका प्रधानाध्यापक लीलाबहादुर रायमाझीले एक लाख २९ हजार,खमवीर बहादुर ढकालले विद्यालयको मुल गेट निर्माण,छविलाल भट्टले ७५ बोरा सिमेन्टी दिने घोषणा गरेको तामाङले जानकारी दिए । महायज्ञबाट संकलित रकमबाट विद्यालयमा खेलमैदान निर्माण गर्ने, अक्षयकोष समेत स्थापना गरी निरन्तर रुपमा विद्यालयको भौतिक, शैक्षिक विकास गर्ने गरिने मुल समारोह समितिका संयोजक दण्डपाणी लामिछानेले बताए । महायज्ञ मंगलवार समापन गरिएको छ ।

Share.

Leave A Reply