play_circle_outline On Air

लोक ढुकढुकी

play_circle_outline On Air

लोक ढुकढुकी

भोलीदेखि माधवपुरमा महायज्ञ सुरु हुदै

0

कार्तिक १३ । रत्ननगर–१५ माधवपुरमा रहेको आधारभूत विद्यालय माधवपुर (१–८) हरियालीटोलमा भोली बुधवार देखि महायज्ञ सुरु हुदैछ । विद्यालयको शैक्षिक गुणस्तर सुधार,पूर्वाधार निर्माण तथा प्राविधिक शिक्षा सञ्चालनको लागि आर्थिक संकलन गर्न आयोजना गरिएको सो महायज्ञको पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा साँसद सुरेन्द्र पाण्डेले उद्घाटन गर्नेछन । महायज्ञमा बाचन पण्डित दिनबन्धु पोखरेलले कथाबाचन गर्नेछन् । उद्घाटन पूर्व विहान ९ बजे कलशयात्रा निकालिने छ । २० गते सम्म चल्ने महायज्ञको सम्पूर्ण तयारी पुरा भएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण ढकालले जानकारी दिए । विद्यालयको माध्यमिक तहको स्तर उन्नती, कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यममा र कक्षा ११ र १२ मा प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालनको लागि महायज्ञ आयोजना गरिएको विद्यालयका अध्यक्ष तथा महायज्ञ मुल समारोह समितिका संयोजक रमेशप्रसाद लामिछानेले जानकारी दिए । महायज्ञ सम्पन्न गर्न २० लाख खर्च लाग्ने र २ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको छ ।

Share.

Leave A Reply