चितवनमा वेभ बेस सिस्टम मार्फत वडा तहबाट राजश्व उठाउने भरतपुर महानगरको तयारी

0

कार्तिक १३ ।
चितवनको भरतपुर महानगरपालिकाले वेभ बेस सिस्टम मार्फत वडा तहबाट राजश्व उठाउने तयारी गरेको छ । महानगरका २९ वटै वडा कार्यलयबाट राजस्व संकलन गर्न मिल्ने सिस्टम जडान गर्न लागिएको भरतपुर महानगरपालिकाले जनाएको छ ।वेभ बेस सिस्टमबाट महानगरले एक दिनमा संकलन गरेको राजश्वको तथ्यांक इन्टरनेटको प्रयोग गरि मोबाइलबाट पनि हेर्न सकिने छ । महानगरले ३ दिनसम्म राजस्व संकलन शाखा बन्द गरेर कम्प्युटर अपरेटर, केहि वडा सचिव, राजस्व शाखाका कर्मचारी एवं अन्य इच्छुक कम्प्युटर अपरेटरगरि ४८ जनालाई सिस्टमको विषयमा प्रशिक्षण दिएको थियो । महानगरको वडा नं. २९ मा इन्टरनेट नपुगेकाले इन्टरनेट सेवाका लागी नेपाल टेलिकमसंग सम्झौता गरिएको छ ।सबै वडामा वेभ बेस सिस्टम प्रयोगमा आएपछि मनोरञ्जन कर र होर्डिङ बोर्डहरुको विज्ञापन कर बाहेक सबै शिर्षकका करहरु वडा कार्यालयबाटै संकलन गर्न सकिने महानगरका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए। गत आर्थिक वर्षको यस अवधि सम्ममा करिब साढे ६ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । महानगरले यसवर्ष कार्तिकको पहिलो हप्ता सम्म घरबहाल करबाट मात्रै करिब ३ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । घरबहाल कर अन्तर्गत आवास प्रयोजनमा २ प्रतिशत, कृषि प्रयोजनमा १ प्रतिशत र व्यापारिक प्रयोजनमा १० प्रतिशत कर उठाउँदै आएको छ ।

Share.

Leave A Reply