play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

२ लाख घुससहित नापी सर्वेक्षक पक्राउ

0

१३ कात्तिक।

नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरी २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

नाप नक्सा बमोजिम जग्गाको क्षेत्रफल सच्याइ धनीपूर्जामा कायम गरिदिने भनी सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले पक्राउ गरेको हो ।अख्तियार टोलीले चौधरीलाई घुसवापत दुई लाख रुपैयाँ लिइसकेको अवस्थामा नापी कार्यालय सिराहाबाट मंगलबार दिउँसो पक्राउ गरेको हो ।

Share.

Leave A Reply